कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

भोट माग्न गाउँमा

कान्तिपुर संवाददाता

मुगु — कांग्रेसले जिल्लामा चुनावी अभियान सुरु गरेको छ । सिफारिस सूची केन्द्रमा पठाइएसँगै सम्भावित उम्मेदवारहरू भोट माग्न खत्याड गाउँपालिकातर्फ गएका छन् । उनीहरू घरदैलो, भेटघाट र गाउँभेलाजस्ता कार्यक्रम गर्दै छन् ।

जिल्लाबाट प्रतिनिधिसभामा सिफारिस गरिएका हस्तबहादुर मल्ल, प्रदेश सभाका लागि क्षेत्र नं. २ मा सिफारिसमा परेका खड्गबहादुर शाहीलगायतको टोली खत्याडमा खटिएको छ । टोलीले गाउँपालिकाको माझचौर, रातापानीमा, श्रीकोटलगायत स्थानमा चुनावी सभा आयोजना गरेको छ ।

‘प्रत्येक घरदैलो पुगेर भोट माग्न सुरु गरेका छौं,’ मल्लले भने, ‘खेतीपातीको समय भएकाले भोट माग्न खेतबारीमै जानुपरेको छ ।’ क्षेत्र नम्बर १ बाट सिफारिसमा परेका तिलकबहादुर मल्लले पनि मतदातासँग भेटघाट बढाएको जनाएका छन् । बिहीबारदेखि रोवामा घरदैलो गरिने उनले बताए । एमाले र माओवादीबाट सिफारिसमा परेकाहरू भने टिकट आफ्नो पक्षमा पार्न राजधानीतिर लागेका छन् ।

माओवादीबाट एमालेमा
म्याग्दीमा माओवादी केन्द्रका केन्द्रीय सदस्य कुलवीर राम्जाली, जिल्ला सदस्य बुद्धि पुनलगायत नेता एमाले प्रवेश गरेका छन् । अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा बुधबार आयोजित कार्यक्रममा एमाले केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापाले उनीहरूलाई टीका लगाइदिई एमालेमा भित्र्याए । एमालेबाट छुट्टिएको माले हुँदै माओवादीमा पुगेका राम्जाली पुन: एमाले फर्किएका हुन् ।

प्रकाशित : आश्विन २६, २०७४ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?