कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

‘वाम गठबन्धनले कांग्रेसलाई फाइदा’

कान्तिपुर संवाददाता

काभ्रे — रक्षामन्त्री भीमसेनदास प्रधानले वाम गठबन्धन कांग्रेसका लागि सुवर्ण अवसर भएको बताएका छन् ।

 

नेपाल प्रेस युनियनद्वारा बुधबार धुलिखेलमा आयोजित ‘वर्तमान राजनीतिक अवस्था, संविधान कार्यान्वयन र सञ्चार क्षेत्रको भूमिका’ विषयक अन्तरक्रियामा उनले गठबन्धनले सरकार बनाउन सहयोग गरे पनि ती पार्टीको संगठनका लागि त्यो घातक भएको तर्क गरे । ‘६०/४० को भागबन्डाका कारण दुई दलमा विवाद सुरु हुन्छ,’ उनले भने, ‘त्यसले कांग्रेसलाई नै फाइदा पुग्ने हो ।’ 

युद्धबाट सत्ता कब्जा सफल नभएपछि माओवादी एमालेसँग मिलेर साम्यवाद लाद्ने सोचमा लागेको प्रधानले आरोप लगाए । एमाले अध्यक्ष केपी ओलीको बोली जनताले नरुचाएको भन्दै उनले जिम्मेवार व्यक्ति अखिल क्रान्तिकारीको नेताजस्तो देखिएको तर्क गरे । ‘पुष्पकमल दाहाल एमालेमा छिर्नु एमालेमा धमिरा लाग्नु हो,’ उनले भने, ‘दुवैको मिलन देखावटी मात्रै हो ।’ 

सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले वाम गठबन्धन सरकारका लागि नभई साम्यवाद लाद्नलाई भएको दाबी गरे । 

‘बहुमत ल्याई संविधान र निर्वाचन प्रणाली फेरेर तानाशाह लाद्ने खेलमा लागेका छन्,’ उनले भने, ‘लोकतन्त्र कमजोर भए पहिलो निसानामा सञ्चार क्षेत्र पर्ने भएकाले सचेत रहन आवश्यक छ ।’

प्रकाशित : आश्विन २६, २०७४ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?