राजस्व संकलन प्रभावित

कान्तिपुर संवाददाता

विराटनगर — दुई महिनादेखि अवरुद्ध जोगवनी नाकाको आयात–निर्यात सहज हुन सकेको छैन । साउन अन्तिम साताको बाढीले जोगबनीदेखि पाँच किलोमिटर दक्षिण भारतको बथनाहा मिरगन्जस्थित प्रमाणा पुल क्षतिग्रस्त भएको थियो ।

पुल मर्मत भए पनि भारतीय पक्षले सञ्चालनमा नल्याउँदा आयात–निर्यात सहज बन्न नसकेको हो । जोगवनी नाकाबाट हुँदै आएको आयात–निर्यात करिब डेढ सय किलोमिटर टाढाको भन्टाबारी नाकाबाट अस्थायी रूपमा हुँदै आएको छ । यो नाकाबाट व्यवसायीले आयात–निर्यात गर्दा प्रतिट्रक र कन्टेनर ५० हजार रुपैयाँ अतिरिक्त ढुवानी भाडा व्यहोर्नुपर्छ । पुल मर्मत भए पनि मालवाहक ट्रक र कन्टेनर आउजाउ गर्न नदिँदा जोगवनी नाकाबाट आयात–निर्यात सुचारु हुन नसकेको विराटनगर भन्सारका अधिकृत शम्भु सापकोटाले बताए ।

महँगो ढुवानी भाडाका कारण व्यवसायीहरूले ट्रेड गुड्स आयात नगर्दा विराटनगर भन्सारको राजस्व असुली पनि प्रभावित भएको छ । कोसी ब्यारेज भन्टाबारी नाकाबाट अहिले औद्योगिक कच्चापदार्थ र पेट्रोलियम पदार्थको मात्र आयात नियमित छ । पुलमा क्षति पुग्नुअघि विराटनगर भन्सारले दैनिक सरदर ८ करोड राजस्व असुली गर्दै आएको थियो । अधिकृत सापकोटाले भने, ‘त्यसयता दैनिक सरदर ५ करोड मात्र असुली हँुदै आएको छ ।’ भन्सार एजेन्ट संघका अध्यक्ष विजेन्द्र परासरका अनुसार क्षतिग्रस्त पुल मर्मत भइसकेपछि भारतीय पक्षले यताबाट गएका खाली ट्रकलाई मात्र पुल भएर गुड्न दिएको छ ।

प्रकाशित : आश्विन २६, २०७४ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्

वडाध्यक्षको मृत्यु

कान्तिपुर संवाददाता

बैतडी — दोगाडाकेदार गाउँपालिका–४ का वडाध्यक्ष मानबहादुर विष्टको मृत्यु भएको छ । ५२ वर्षीय विष्टको उपचारका क्रममा मंगलबार भारतको बरेलीमा मृत्यु भएको हो ।

शुक्रबार गाउँपालिकाको बैठकमै ज्वरो आएपछि उनलाई जिल्ला अस्पताल पुर्‍याइएको थियो । यहाँ उपचार हुन नसकेपछि भारतको बरेली लगिएको थियो । त्यहीं उनको मृत्यु भएको हो । एमालेबाट वडाध्यक्ष निर्वाचित विष्ट एमाले गाउँपालिकाका उपाध्यक्षसमेत हुन् ।

 

प्रकाशित : आश्विन २६, २०७४ ०७:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्