कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वडाध्यक्षको मृत्यु

कान्तिपुर संवाददाता

बैतडी — दोगाडाकेदार गाउँपालिका–४ का वडाध्यक्ष मानबहादुर विष्टको मृत्यु भएको छ । ५२ वर्षीय विष्टको उपचारका क्रममा मंगलबार भारतको बरेलीमा मृत्यु भएको हो ।

शुक्रबार गाउँपालिकाको बैठकमै ज्वरो आएपछि उनलाई जिल्ला अस्पताल पुर्‍याइएको थियो । यहाँ उपचार हुन नसकेपछि भारतको बरेली लगिएको थियो । त्यहीं उनको मृत्यु भएको हो । एमालेबाट वडाध्यक्ष निर्वाचित विष्ट एमाले गाउँपालिकाका उपाध्यक्षसमेत हुन् ।

 

प्रकाशित : आश्विन २६, २०७४ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?