जुम्लामा विज्ञान प्रयोगशाला

कान्तिपुर संवाददाता

जुम्ला — राष्ट्रपति विद्यादेवी भण्डारीले खलंगास्थित चन्दननाथ नमुना माविमा निर्माण गरिएको विज्ञान प्रयोगशालाको बुधबार उद्घाटन गरेकी छन् ।

उनले कर्णालीका विद्यार्थीले अब उच्च शिक्षा हासिल गर्न महँगो शुल्क तिरेर जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्ने बताइन् । ‘ अब स्थानीय अनुकूलको पाठ्यक्रम तयार गरेर अध्ययन, अध्यापन गराउन जरुरी छ,’ उनले भनिन् । 

 

प्रकाशित : आश्विन २६, २०७४ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्

उपचारबाट वञ्चित

कान्तिपुर संवाददाता

जाजरकोट — दुवै मृगौला फेल भएका भेरी नगरपालिका ४, बोहराका २२ वर्षीय सञ्जीव चन्द आर्थिक अभावले उपचारबाट वञ्चित छन् ।

३ महिनादेखि दुवै मृगौलाले काम गर्न छाडेको छ । २ महिनादेखि मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा डाइलोसिस प्रविधिद्वारा ज्यान बचाएको आमा नम्रताले बताइन् । सञ्जीव भारतको चेन्नईमा सुरक्षा गार्डको काम गर्थे । 

 

प्रकाशित : आश्विन २६, २०७४ ०७:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्