कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

खेतको गह्रामा शिशु फेला

दीपेन्द्र शाक्य

संखुवासभा — खाँदबारी नगरपालिका-१ मा नालसहितको बेवारिसे शिशु जिवितै फेला परेको छ । बिहीबार बिहान खाँदबारीको फुलपाती चोक नजिकै खेतको गह्रामा स्थानीयले शिशु फेला पारेको हो ।

खेतको गह्रामा शिशु फेला

खाँदबारी नगरपालिका-१ मा नालसहितको बेवारिसे शिशु जिवितै फेला परेको छ ।

बिहीबार बिहान खाँदबारीको फुलपाती चोक नजिकै खेतको गह्रामा स्थानीयले शिशु फेला पारेको हो । जीवितै शिशु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलिले शिशुको उद्धार गरेको छ । शिशुको स्वास्थ्य स्थिति सामान्य रहेको चिकित्सकले जनाएको छ । शिशुलाई जिल्ला अस्पताल खाँदबारीमा राखिएको छ । बेवारीसे शिशु छाडेका सुत्केरी आमाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन २६, २०७४ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?