१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

आकांक्षी सबै सिफारिस

कान्तिपुर संवाददाता

सिन्धुपाल्चोक — कांग्रेस, एमाले र माओवादी केन्द्रले प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेका छन् । कांग्रेसले क्षेत्रीय समितिबाट आएका सबै नाम केन्द्र पठाएको छ ।

प्रत्यक्ष प्रतिनिधिसभातर्फ निर्वाचन क्षेत्र नम्बर १ बाट सूचना तथा सञ्चारमन्त्री तथा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र सोनामकुमार योञ्जन लामाको नाम सिफारिस गरेको छ । पार्टीले क्षेत्र नम्बर २ बाट भने पार्टी सभापति विकास लामा, तारानाथ दाहाल र आइतमान तामाङलाई सिफारिस गरेको छ । 

क्षेत्र नम्बर १ को प्रदेशसभा १ बाट विष्णुबहादुर खत्री, भूपेन्द्रबहादुर थापा, भोला बोहोरा, बलदेव तिमल्सिना, बालकृष्ण बस्नेत र लक्ष्मी श्रेष्ठलाई सिफारिस गरेको छ । क्षेत्र नम्बर १ को प्रदेशसभा २ मा कृष्णप्रसाद न्यौपाने, भीष्मप्रताप भण्डारी, जंगबहादुर लामा र राजेन्द्रकुमार श्रेष्ठसहित ७ जनाको नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर २ को प्रदेशसभा १ का लागि महासमिति सदस्य विकास तामाङ (सानो), बिलबहादुर तामाङ, यज्ञप्रसाद दंगाल र टंकबहादुर कार्कीसहित ७ जनालाई सिफारिस गरिएको छ ।

क्षेत्र नम्बर २ को प्रदेशसभा २ बाट पासाङ दोङ, जिमी लामा, मधुसुदन सिग्देल, सागरकुमार श्रेष्ठसहित ७ जनाको नाम पठाइएको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ हरिशरण श्रेष्ठ, भोजराज श्रेष्ठ, विनोद मोक्तान, राजेन्द्रमान ताल्चाभडेल, कान्छा लामा, श्यामबहादुर श्रेष्ठ, चेतकुमारी घोरासैनीसहित १४ जनाको नाम पठाइएको छ । प्रदेशसभाको समानुपातिकतर्फ प्रेमध्वज लामा, लीला नेपाल, विष्णुप्रसाद न्यौपाने, ज्ञानु तिमल्सिना, शिव सुनार, मीरा लामा, सुदर्शन आचार्य, इन्द्रलोचन धिताल, कर्माताप्के लामासहितका ३७ जनाको नाम सिफारिस गरेको छ । 

माओवादी केन्द्रले प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट अग्निप्रसाद सापकोटा, सरल सहयात्री पौडेल, र पूर्वसभासद राजकुमार पौडेलको नाम सिफारिस गरेको छ । क्षेत्र नम्बर २ बाट पूर्वसभासद दावा तामाङको नाम पठाइएको छ । समानुपातिकतर्फ झम्क बराइली र बलराम विकलाई सिफारिस गरिएको छ । प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ को प्रदेशसभाका लागि १ बाट लालकान्छा तामाङ र २ बाट माधवप्रसाद सापकोटालाई सिफारिस गरेको छ । क्षेत्र नम्बर २ को १ नम्बर प्रदेश सभाका लागि प्रत्यक्षतर्फ युवराज दुलाल र २ का लागि चन्द्रबहादुर थापा सिफारिस भएका छन् । 

एमालेले प्रत्यक्षमा प्रतिननिधिसभा क्षेत्र नम्बर १ बाट अरुण नेपाल र २ बाट शेरबहादुर तामाङको मात्र नाम पठाइएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र न १ प्रदेशसभाअन्तर्गत १ बाट सरेश नेपाल, भीमसेन भण्डारी, अमृत खडका र शमशेर शाक्यलाई सिफारिस गरेको छ । क्षेत्र न २ अन्तर्गत प्रदेश सभा २ मा सरेश नेपाल र नवराज पौडेललाई सिफारिस गरिएको छ । 

 

प्रकाशित : आश्विन २७, २०७४ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?