६ करोड बाँडफाँट

कान्तिपुर संवाददाता

अछाम — निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ६ करोड रकम विभिन्न योजनामा बाँडफाँट गरिएको छ । क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद भीम रावल र २ बाट निर्वाचित सांसद भरत साउदको उपस्थितिमा २ वटै निर्वाचन क्षेत्रका विभिन्न योजना समेटेर बजेट बाँडफाँट गरिएको हो ।

चालु आव ०७४/७५ का लागि २ वटै निर्वाचन क्षेत्रमा कम्तीमा १० लाखभन्दा माथिका २५/२५ वटा योजना निर्माण गरिने जिल्ला समन्वय समिति अछामले जनाएको छ । यो वर्ष पनि निर्वाचन क्षेत्र विकास कोषको अधिकांश बजेट विगतका वर्ष झै ग्रामीण सडक निर्माण तथा मर्मतको क्षेत्रमा विनियोजन भएको छ । दोस्रो प्राथमिकतामा शिक्षाका योजना परेका छन् ।

सडकका योजनामा क्षेत्र नम्बर १ बाट र २ बाट ११ वटा योजना समावेश भएका छन । बाकी योजनामा विद्यालयका भवन, घेरापर्खाल, क्याम्पस भवन, सिंचाई कुलो र मठ मन्दिर निर्माण तर्फक रहेका छन । यो वर्ष शिक्षा क्षेत्रमा क्षेत्र नम्बर १ मा जनता बहुमुखी क्याम्पस बयालपाटा र क्षेत्र नम्बर २ मा अछाम बहुमुखी क्याम्पस मंगलसेनको स्तर वृद्धिका लागि ४०/४० लाख बजेट विनियोजन भएको छ ।

प्रकाशित : आश्विन २७, २०७४ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?