२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

बालिकालाई अपहरणपछि बन्धक बनाएर बलात्कार गर्ने पक्राउ

कान्तिपुर संवाददाता

खोटाङ — बालिकालाई बन्धक बनाएर बलात्कार गर्ने एक युवा पक्राउ परेका छन् ।

खोटाङ ऐसेलुखर्क गाउँपालिका–७ माक्पाकी १४ वर्षीया बालिकालाई अपहरणपछि बन्धक बनाएर पटक–पटक बलात्कार गर्ने उदयपुर त्रियुगा नगरपालिका–९ का २३ वर्षीय कुलबहादुर कटवाललाई खोटाङ प्रहरीले पक्राउ गरेको हो । 

कटवाललाई रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । खोटाङमा ट्याक्टर चालकको काम गर्ने कटवाललाई म्याद थपेर जबरजस्ती करणी मुद्दाका लागि अनुसन्धान थालिएको सोमबार प्रहरीले जनाएको छ । यसमा संलग्न एक महिलाको खोजी भइरहेको छ । उनलाई मानव बेचबिखन तथा ओसार–पसार मुद्दा चलाइने प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले बताए । 

प्रकाशित : आश्विन ३०, २०७४ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?