कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थाहामा हुर्कंदै पेरूका अल्पका

प्रताप विष्ट

थाहा (मकवानपुर) — ‘अल्पका’ हेर्न र त्यसको ऊन किन्न अब कंगो र पेरू पुग्नु पर्दैन । त्यहाँको चिसो मौसममा पालिने यो घरपालुवा जन्तु मकवानपुरकै उत्तरी क्षेत्रको जंगलमा पनि पाल्न थालिएको छ ।


मासु र ऊनका लागि पालिन्छ, अल्पका । यसले वर्षमा २ केजीसम्म ऊन दिन्छ । पस्मिना बनाउन प्रयोग हुने भएकाले व्यावसायिक रूपमै पाल्न थालिएको हो । यसको ऊन काठमाडौंको बजारमा प्रतिकेजी १ लाखमा बिक्री भइरहेको छ । दक्षिण एसियामा नै नपाइने अल्पका जातको यो चौपाया थाहा नगरपालिका–१० स्थित बिसिङखेलको कुनामा पालिएको छ ।
ऊँटको जस्तो लामो घाँटी भएको यो चौपाया २० वर्षअघि पेरूबाट ल्याइएको हो । तत्कालीन हिमालय प्लान्टेसन्स प्रालिका हर्टमुट बाउडरले पेरूबाट २ वटा भाले र २ वटा पोथी ल्याएका थिए । सुरुमा दोलखाको जिरीमा पालिएको यो चौपाया स्थानान्तरण गरी ५ वर्षअघि ललितपुरको ठैबमा पालिएका थिए । संख्या बढेर २० वटासम्म भए पनि केही कालगतीले मरेपछि अहिले १४ मा सीमित छन् ।
माइनस १० डिग्री चिसोमा समेत यो जनावर बाँच्न सक्ने हिमालय प्लान्टेसन्स प्रालिका प्रबन्धक पदम खडकाले बताए । प्रालिले दुई दशकअघिदेखि गरेको व्यावसायिक जैतुन खेतीबाट बचेको करिब ८ रोपनी जमिनमा तारबार लगाएर अल्पका पालेको छ । बाउडरले प्रालिको सम्पूर्ण सम्पत्ति प्रभु बैंकका सञ्चालक देवीप्रकाश भट्टचनलाई २ वर्षअघि नै बिक्री गरिसकेका छन् ।

प्रकाशित : आश्विन ३१, २०७४ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?