कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दार्चुलामा जीप दुर्घटना हुँदा मालिकको मृत्यु, जीप चालक गम्भीर घाइते

मनोज बडू

दार्चुला — महाकाली नगरपालिका ९ दत्तुमा आइतबार बिहान जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला सदरमुकाम खलंगाबाट मालिकार्जुनतर्फ जाँदै गरेको से१ज ५९६ नम्बरको जीपदत्तुको सोतर्‍यौडा खोलामा दुर्घटना भएको छ । दुर्घटनामा जीप मालिक महाकाली नगरपालिका७ काभुपेन्द्र बडूको घटनास्थलमै मृत्यु भएको छ ।

जीपचालक सोही ठाउँका देवराम कोली गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घाइते कोलीलाई सशस्त्र प्रहरीको टोलीले उपचारका लागि जिल्ला अस्पताल दार्चुला ल्याएको छ ।

प्रकाशित : कार्तिक ५, २०७४ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?