कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

घाँटी रेटेर बालकको हत्या

देवनारायण साह

मोरङ — कर्जन्हा नगरपालिका-२ बन्दीपुरमा एक बालकको हत्या भएको छ । स्थानीय कुसुमलाल यादवका १३ वर्षीय छोरा भवेश यादवको हत्या भएको हो ।

बन्दीपुरस्थित कमला नदीमा घाँटी काटेर टाउँको फालिएको अवस्थामा टाउको सोमबार फेला परेको छ भने शरीर आइतबार नै फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र उपाध्यायले बताए । 

प्रहरी निरीक्षक उपाध्यायका अनुसार शुक्रबारदेखि बेपत्ता भवेशको परिवारजनले दिनभरी खोजी गर्दा समेत कतै फेला नपरेपछि शनिबार इलाका प्रहरी बन्दीपुरमा उजुरी दिएका थिए । प्रहरीले खोज्दा खोज्दै आइतबार साँझ बन्दीपुरस्थित कला नदीको बाँधभन्दा पश्चिमको नर्सरीमा बेपत्ता बालक भवेशको शरीर फेला पारेको थियो भने टाउको सोमबार बिहान फेला परेको उनले सुनाए । 

कृषक कुसुमलालका छोरा भवेश बन्दीपुरस्थित अक्सफोर्ड स्कूलको कक्षा ४ मा अध्ययनरत थिए । भवेशको हत्या कसले र किन गरेको कारण खुल्न नसकेको तर अनुसन्धान भइरहेकोले आफूहरु चाँडै हत्यारालाई पक्राउ गर्ने प्रहरी निरीक्षक उपाध्यायले बताए ।

प्रकाशित : कार्तिक ६, २०७४ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?