तीनजना सवार मोटरसाइकल दुर्घटना

एकको मृत्यु, २ गम्भीर
कान्तिपुर संवाददाता

राजविराज — सोमबार साँझ पूर्व-पश्चिम राजमार्गको सप्तरी रुपनी खण्डमा भएको मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा राजविराज नगरपालिका-८ का २१ वर्षीय धीरज यादब रहेको सप्तरीका एसपी मुकेशकुमार सिंहले जानकारी दिए ।

दुर्घटनामै परेको मोटरसाइकलको ठक्करबाट एक बाच्छी समेत मरेको छ ।

पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ३ जना सवार अनटेस्ट मोटरसाइकल अनियन्त्रित भई पूर्व-पश्चिम राजमार्ग अन्तरगत रुपनी चोकदेखि २ किलोमिटर पूर्व सडक छेउमा रहेको बाच्छीलाई ठक्कर दिएको थियो । ठक्करबाट उक्त बाच्छीको मृत्यु भएको थियो । बाच्छीलाई ठक्कर दिएपछि अनियन्त्रित भएको तीनजना सवार उक्त मोटरसाइकल दुर्घटना भएको हो ।

घटनामा मोटरसाइकलमा सवार राजविराज-८ का २१ वर्षीय धीरज यादव,चालक २२ वर्षीय आशुतोष साह र पछाडि बसेका अजय परिवार गम्भीर घाइते भइ उपचारका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज ल्याइएकोमा धीरजको मृत्यु भएको एसपी सिंहले बताए । घाइते दुईजनाको उपचार भइरहेको छ ।

प्रकाशित : कार्तिक १३, २०७४ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?