प्रदेशसभाका उम्मेदवार बेहोस

टीकाप्रसाद भट्ट

रामेछाप — प्रदेशसभा रामेछाप ख निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका संघीय समाजवादी फोरम नेपालका उम्मेदवार रामबहादुर तामाङ निर्वाचन अभियानको क्रममा बेहोस भएका छन् ।

प्रदेशसभाका उम्मेदवार बेहोस

शुक्रबार भएको चुनावी प्रचारप्रसारका लागि मन्थलीमा आइपुगेका ४३ वर्षिय तामाङ बेहोस भएपछि उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ । उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा लैजाने पारिवारका सदस्यले बताए ।

काठमाडौंमा केही दिनदेखि निर्वाचन सामाग्री जुटाउने धपेडीमा लागेका उनी बिहीबार अवेर मन्थली आइपुगेका थिए । फोरमका युवा नेता सोनाम लामाका अनुसार बिहानदेखि नै असजिलो महसुस गरेका उनलाई उपचारका लागि रामेछाप सामुदायिक अस्पतालमा पठाइएको थियो । अस्पतालमा पुग्ना साथ उनि बेहोस भएका हुन् । सुरुमा ज्वरो आउला जस्तो भएको बताएका तामाङको शरीरमा एलर्जी देखिएको थियो ।

प्रकाशित : कार्तिक १७, २०७४ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?