०७० का प्रतिस्पर्धी समर्थकमा

प्रतिक्षा काफ्ले

स्याङ्जा — मंसिर २१ हुन गइरहेको प्रतिनिधि सभाको लागि क्षेत्र नम्बर एकमा बाम गठबन्धनबाट उम्मेदवारी दिएका नारायण मरासिनीका समर्थकमा शैलेन्द्र घिमिरे रहेका छन् ।

०७० का प्रतिस्पर्धी समर्थकमा

दोस्रो संविधान सभाको निर्वाचनमा सँगसँगै उम्मेदवारी दिएका घिमिरे र मरासिनी भने अहिलेसँगै एउटै चुनावी मैदानमा उत्रिएका छन । बाम गठबन्धन भएपछि माओवादीका जिल्ला इन्चार्ज घिमिरे र एमालेका प्रदेश सदस्य मरासिनी संयुक्त प्रचारप्रसारमा जुटेका हुन् । बाम गठबन्धनबाट प्रतिनिधि सभाको लागि उम्मेदवारी दिएका मरासिनी र घिमिरेबीच टिकटको लागि कडा प्रतिस्पर्धा थियो । दुई प्रतिनिधि सभा एमालेलाई र चार प्रदेश मध्ये दुई प्रदेश माओवादी केन्द्रले लिने सहमति पश्चात मरासिनी संयुक्त उम्मेदवार बनेका हुन । जसको समर्थकमा घिमिरे बसे ।

‘केन्द्रीय नेताले मिलमिलाप गरेपछि हाम्रो केही नलाग्दो रहेछ,’ घिमिरेले मरासिनीलाई जिस्काउँदै भने, ‘दोस्रो संविधान सभाको निर्वाचनमा विरोधमा लागियो अहिले समर्थकमा । सवै बाम एक ठाम भन्दै अभियान चालिएको छ । जसले जिते पनि हामी सवैको जित हो । बाम गठबन्धनले त्यस्तो कुनै समस्या छैन । हामी खुशी छौं र पो मिलेर लागेका छौं ।’ उनले जिल्लामा बाम गठबन्धले फरक रुप लिएको बताए । ‘दुनियाँले हामीलाई सोचे भन्दा हामी फरक ढंगबाट चुनावी मैदानमा उत्रिएका छौं,’ उनले दोहोर्‍याए, ‘विचार र आस्थामा पनि एजेण्डा फरक हुनाले नै हामी फरक थियौं। मन र विचार मिलेको छ एकै ठाउँमा छौं ।’

उम्मेदवारी दिएका मरासिनी पनि घिमिरेकै सहयोगले आत्मबल बढेको बताए । ‘मलाई ठूलो सहयोग मिलेको छ,’ उनले भने, ‘पहिलेको निर्वाचनमा थोरै मतले पराजित भएको थिए । अव उहाँको भोट पनि मेरै भागमा आउने भएपछि अनिवार्य जित्छु भन्ने आत्मविश्वास छ ।’ जनताको पक्षमा काम गर्ने पार्टी नै कम्युनिष्ट भएकाले बामपन्थीहरु एकबद्ध हुनु जरुरी रहेको उनले बताए ।

प्रकाशित : कार्तिक १८, २०७४ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?