कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेनिघाटमा ट्रक दुर्घटना, चालकको मृत्यु

कान्तिपुर संवाददाता

धादिङ — पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाटरोराङस्थित जवाङमा भएको ट्रक दुर्घटनामा चालकको मृत्यु भएको छ ।

नारायणघाटबाट काठमाडौं जाँदै गरेको ना६ख २०९० नम्बरको ट्रक शनिबार राति जवाङ खोलामा पल्टिएको हो ।

मृत्यु हुनेमा ट्रक चालक सर्लाही लालबन्दीका ३० वर्षीय गौरव खड्का रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । ट्रकका सहचालक घाइते छन् । उनको काठमाडौमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : कार्तिक १९, २०७४ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?