आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही माग

कान्तिपुर संवाददाता

हेटौंडा — निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई ठाउँकाठाँउ कारबाही गर्न यहाँका राजनीतिक दल र उम्मेदवाहरूले निर्वाचन आयोगसँग आग्रह गरेका छन् ।

मुख्य निर्वाचन अधिकृत कार्यालय मकवानपुरले सोमबार राजनीतिक दल, प्रतिनिधिसभा, प्रदेशसभाका उम्मेदवार र सञ्चारकर्मीहरूको उपस्थितिमा निर्वाचन आचारसंहिता कार्यान्वयनसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।

निर्वाचन अधिकृत चन्दकान्त खनालले राजनीतिक दल, उम्मेदवार र सञ्चारकर्मीहरूले पालना गर्नुपर्ने निर्वाचन आचारसंहित जानकारी गराएका थिए ।
प्रजिअ चक्रबहादुर बुढाले निर्वाचनलाई भयरहित र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न मतदातादेखि लिएर उम्मेदवारसम्मको सुरक्षाको व्यवस्था मिलाएको बताए । जो कोहीले आफूलाई असुरक्षित भएको महसुस गरेमा तत्कालै सुरक्षाका निकायलाई खवर गर्न अनुरोध गरेका थिए ।

प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार एवं दलका अधिकांश प्रतिनिधिले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गरे । मुख्य निर्वाचन अधिकृत कार्यालयलाई निर्वाचन आचारसंहिता नियमित अनुगमन गर्नसमेत अनुरोध गरेका थिए ।

प्रकाशित : कार्तिक २१, २०७४ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?