कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्षतविक्षत अवस्थामा युवाको शव फेला

हरि गौतम

रुकुम (पूर्व) — सिस्ने गाउँपालिका–५, कुचिवाङको घट्टेखोलामा एक युवाको शव फेला परेको छ । भूमे गाउँपालिका–८, का २७ बर्षीय कमल बुढा मगर मृत फेला परेको प्रहरीले जनाएको छ । काम विशेषले रुकुमकोट आएका बुढा बुधबार रातिसम्म पनि घर नपुगेपछि परिवार तथा आफन्तले खोजतलास थालेका थिए ।

खोजतलासको क्रममा आफन्तले रुकुमकोटबाट घर जाने मुल बाटोको घट्टखोला किनारमा बिहीबार बिहान बुढाको शव फेला पारेका हुन् । मुलबाटो भन्दा करिब १ सय ५० मिटर तल खोलाको पाखातिर घाँटी, टाउको र दुवै हात काटेर क्षत–विक्षत अवस्थामा बुढाको शव फेला परेको प्रत्यक्षदर्शीले बताएका छन् । उनका आफन्तले बुढाको हत्या भएको दाबी गरेका छन् ।

मृतक बुढाको साथ एउटा मोबाइल र १० हजार रुपैयाँ पनि भेटिएको छ । बुढाका एक छोरी, एक छोरा र श्रीमती छन् । बुढाको शव भेटिएपछि उनका आफन्तले जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वमा खबर गरेका थिए । अहिले प्रहरी घटनास्थल पुगेको र अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

हत्या हो या के हो भन्ने विषयमा अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । उनले रुकुमकोटमा घर निर्माण गर्ने काम गर्दै आएका थिए ।

प्रकाशित : कार्तिक २३, २०७४ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?