३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सिन्धुलीगढीमा २५० औं विजय दिवस

राजकुमार कार्की

सिन्धुली — वीर गोर्खाली फौजले अंग्रेजी सेनालाई हराएको २५० वर्ष पुगेको दिनको सम्झनामा शुक्रबार ऐतिहासिक सिन्धुलीगढीमा राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो गढीमा राष्ट्रिय झन्डा फहराएर गौरव दिवस मनाइएको छ ।

सिन्धुलीगढीमा २५० औं विजय दिवस

विसं १८२४ को कात्तिक २४ मा कप्तान किनलोकको नेतृत्वमा आएको ब्रिटिस सेनालाई गोर्खाली फौजले सिन्धुलीगढीबाट पराजित गरेर पठाएको सम्झनामा प्रत्येक वर्ष नेपालको झन्डा फहराएर सलामी अर्पण गरी गौरव दिवस मनाइँदै आएको छ ।

राष्ट्रपति भण्डारीले राष्ट्रिय झन्डोत्तोलन गरेकी थिइन् । नेपाली सेनाको चण्डीदल गणका सेनाले उक्त अवसरमा सलामी अर्पण गरेका थिए । प्रधानसेनापति राजेन्द्र क्षत्री समेत सरिक थिए । राष्ट्रपति भण्डारीले नेपाल एकीकरणको समयमा भएको विजयगाथाले राष्ट्रको सम्मान भएको र सिन्धुलीगढी र त्यस समयमा लडेका फौजले शिर उचो बनाएको बताइन् । सिन्धुलीगढीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी विश्वसामु चिनाउन लागिपर्न सबैमा उनले आग्रह गरिन् । 

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सबैले भाग लिइ समुन्नत नेपाल बनाउन सबैमा लागि पर्न उन अपिल गरिन् । 

नेपाल एकीकरणको समयमा काठमाडौंका तत्कालीन राजा जयप्रकाश मल्ललाई सहयोग गर्न आएको ब्रिटिस सेनालाई वंशु गुरुङ नेतृत्वको गोर्खाली सेनाले सिन्धुलीगढीबाट पराजित गरेर धपाएको थियो । सिन्धुलीगढीमा रहेको सानोगढी, पौवागढी, इनार, भग्नावषेश मात्र बाँकी रहेको दरबारको संरक्षण हुनुपर्ने सो अवसरमा चासो देखाइयो ।

राष्ट्रपति भण्डारीले सबै जागरुक भएर ऐतिहासिक सिन्धुलीगढी क्षेत्रको संरक्षण गर्नु पर्ने बताए । कमलामाइ नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले गढीको ऐतिहासिक महत्वका बारेमा प्रस्ट्याएका थिए । पृथ्वीनारायण शाहको नेपाल एकीकरणमा बाधा पुर्‍याउन काठमाडौंका तत्कालीन राजालाई सहयोग गर्न आएका ब्रिटिस फौजलाई नेपाली फैजले पराजित गर्दा भएका घटना मेयर खत्रीले सुनाए । गोर्खाली सेनाले आक्रमण गरेर मात्र नभइ अरिङ्गालका गोला, अल्लो, सिस्नुलगायतको समेत मद्दत लिएको इतिहासमा पाइन्छ, नेपाली सेनाको चण्डीदल गणले तत्कालीन यूद्ध झल्काउने खालको नाटक प्रदर्शन गरेको थियो ।

कमलामाइ नगरपालिका र पत्रकार महासंघ शाखाले गौरव दिवस संयुक्त मनाउने गरेका छन् । विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा एकसय १३ जनाले काठमाडौंदेखि सिन्धुलीगढीसम्म साइकिलिङ गरेका थिए । त्यसको संयोजन समृद्ध सिन्धुली अभियानले गरेको थियो । साइकल यात्रीहरु सदरमुकामसम्म नै आएका थिए । धुलीखेलदेखि शुक्रबार बिहानै दौडिएर एकसय २१ किमि पार गर्दै धावक रामबहादुर कार्की विजयोत्सवमा सरिक भएका थिए 

प्रकाशित : कार्तिक २४, २०७४ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?