डोल्पामा द्विपक्षीय प्रतिस्पर्धा

कान्तिपुर संवाददाता

डोल्पा — विगतका निर्वाचनमा जिल्लाभर मूलत: त्रिपक्षीय प्रतिस्पर्धा हुने गरेको थियो । यसपटकको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा भने अघिल्ला चुनावको तुलनामा वाम गठबन्धनका प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनभन्दा निकै मजबुत देखिएका छन् ।

स्थानीय तह निर्वाचनमा जिल्लाभर एमालेको मत ७ हजार ४ सय ७०, माओवादी केन्द्रको २ हजार ३ सय २६ र स्वतन्त्रको ८ सय ६२ मत थियो । स्थानीय तह निर्बाचनमा स्वतन्त्र उम्मेदवार बनेका पनि एमाले प्रवेश गरिसकेका छन् । तीनवटै मत जोडदा वाम गठबन्धनको पक्षमा १० हजार ६ सय ५८ हुन्छ । कांग्रेसले जिल्लाभरिबाट ३ हजार १ सय ९५ मत प्राप्त गरेको थियो । स्थानीय तहको निर्वाचनमा भने कांग्रेसलाई माओवादी केन्द्रको साथ थियो । जिल्लामा राप्रपालगायत अन्य पार्टीले कांग्रेसलाई सघाएका छैनन् । 

अघिल्लो संविधानसभा निर्वाचनमा एमालेका धनबहादुर बुढाको ६ हजार ९ सय ८५ र एकीकृत माओवादीकी सत्य पहाडीको २ हजार ७ सय ६२ मत थियो । यस्तै कांग्रेसका सुरेशबहादुर शाहीको ९ सय ६५ मत ल्याएका थिए । । उक्त निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका र अहिले कांग्रेस प्रवेश गरेर प्रतिनिधिसभा सदस्यका उम्मेदवार अंगदकुमार बुढाले १ हजार ५ सय ३४ मत ल्याएका थिए । गाउँगाउँमा वाम गठबन्धन र कांग्रेस उम्मेदवारको चुनावी प्रचारप्रसारले तीव्रता लिएको छ । कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार बुढाले माथिल्लो डोल्पामा प्रचार सकेर सदरमुकाम आइपुगेको बताए । 

वाम गठबन्धनका उम्मेदवार एमालेका धनबहादुर बुढा तल्लो डोल्पामै व्यस्त छन् । उनी शुक्रबार त्रिपुरासुन्दरी नगरपालिका ९ को बन्तडीमा थिए । १ (क) को प्रदेशसभा सदस्यका उम्मेदवार वेगमसिंह ठकुरी ठूलीभेरी नगरपालिकामा व्यस्त छन् ।

प्रकाशित : कार्तिक २५, २०७४ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?