३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

दुई सातापछि ईलाका वन कार्यालय सञ्चालनमा

कमल पन्थी

गुलरिया — बन्द भएको ईलाका वन कार्यालय, राजापुर करिब दुई सातापछि सञ्चालनमा आएको छ । कोहलपुरस्थित अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले ईलाका वन कार्यालय राजापुरमा वनरक्षक सीतारम थारु घूस लिँदालिँदै पक्राउ परेपछि चार कर्मचारी तानिएका कारण कामकाज ठप्प थियो ।

दुई सातापछि ईलाका वन कार्यालय सञ्चालनमा

बन्द भएको ईलाका वन कार्यालय, राजापुर करिब दुई सातापछि सञ्चालनमा आएको छ ।

कोहलपुरस्थित अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले ईलाका वन कार्यालय राजापुरमा वनरक्षक सीतारम थारु घूस लिँदालिँदै पक्राउ परेपछि चार कर्मचारी तानिएका कारण कामकाज ठप्प थियो । पक्राउ परेका वनरक्षक चौधरीको वयानपछि सहायक वनअधिकृत सगुन थापा, फरेस्टर र वनरक्षक अरुण चौधरी र सूर्यबहादुर शाही अख्यितारमा तानिएका छन् । एकसाता यता कार्यालय बन्द भएपछि सेवाग्राही मर्कामा परेका थिए ।

वन कार्यालयका प्रमुख बाबुलाल पण्डितले शुक्रबारदेखि रेन्जरसहित राजापुरमा नयाँ कर्मचारी खटनपटन गरिएको छ । पाँच वर्षयता वन कार्यालयका कर्मचारीविरुद्ध ६० भन्दा बढी उजुरी परेको छ । गत आवमा बर्दियाका तीन सहायक वन अधिकृतसहित परेष्टर र वनरक्षक घूस लिँदालिँदै दसीसहित पक्राउ परेका थिए । वनमा छुटपुर्जी, दरपीटलगायत नाममा आर्थिक अनुचित रकम लिने उजुरी पर्ने गरेको अख्तियारका अधिकृत नारायणदत्त उपाध्यायले बताए । चार वर्षयता तत्कालीन जिल्ला वन अधिकृत प्रभु यादवसहित नौ जना कर्मचारीलाई दोषी ठहर गरी जागिरबाट बर्खास्त भएको अख्तियारले जनाएको छ ।

वनपछि शिक्षा कार्यालय र स्थानीय तहमा बढी उजुरी पर्ने गरेको छ । उजुरी पर्नेमा जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिका रहेका छन् । विकास निर्माणमा आर्थिक अनुचित फाइदा लिने, सिफारिसलगायत विषयमा सेवाग्राहीबाट अनैतिक रकम असुल्ने उजुरी दर्ता भएका छन् । गत र चालु आवमा ५० बढी उजुरी दर्ता भएको अख्तियारको कार्यालय कोहलपुरले जनाएको छ ।

प्रकाशित : कार्तिक २५, २०७४ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?