३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

रुकुम पश्चिम ‘अति संवेदनशील’

कान्तिपुर संवाददाता

रुकुम (पश्चिम) — जिल्ला सुरक्षा समितिले चुनावी सुरक्षाका दृष्टिकोणले रुकुम पश्चिम जिल्ला अति संवेदनशील रहेको ठहर गरेको छ । जिल्लामा पछिल्लो समयमा बढेको चुनावविरोधी गतिविधिलगायत कारण जिल्लालाई अति संवेदनशील सूचीमा राखिएको निमित्त प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले बताए ।

जिल्लामा तोकिएका १ सय ११ मतदान केन्द्रमध्ये सुरक्षा दृष्टिकोणले ९ केन्द्र अति संवेदनशील, ५७ संवेदनशील र ७ वटा सामान्य अवस्थामा रहेको विश्लेषण गरिएको छ । निर्वाचनविरोधी गतिविधि बढ्दै जानु, भौगोलिक विकटता, सञ्चार सेवा अभाव, हिमपात र सडक यातायातलगायत कारणले सुरक्षा ‘थ्रेट’ देखिएको सुरक्षा समितिको भनाइ छ ।

निमित्त प्रजिअ पुनका अनुसार सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सुरक्षाकर्मी खटाउने तयारी भइरहेको बताए । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा म्यादी प्रहरीलाई निर्वाचनको सुक्षार्थ खटाइनेछ । 

प्रकाशित : कार्तिक २८, २०७४ ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?