१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सिरकले भरिएको सवारी भेटीएपछि आशंका

अनिश तिवारी

सिन्धुपाल्चोक — मंगलबार जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाअन्तर्गत धुस्कुनमा फेला परेको सिरकसहित बोलेरो सशस्त्र प्रहरीले फर्काएको छ । मंगलबार बिहान मतदातालाई बाँड्न लगिएको आशंकामा बा १४ छ ५६४९ नम्बरको टाटा सवारीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सिरकले भरिएको सवारी भेटीएपछि आशंका

निर्वाचनको आचारसहिंताविरुद्ध सामाग्री बाँड्न लगिएको भन्दै धुस्कुनका वडाध्यक्ष शुकदेव रिसालले बाटैबाट सिरकसहित सवारी सीमा सुरक्षाका लागि खटीएका सशस्त्र प्रहरी टोलीलाई बुझाएका थिए । ‘ कांग्रेसले धुस्कुनको विपन्न वस्तीमा सिरक लगेर बाँड्ने सूचना पाएकाले बाटैमा रोके,’ उनले भने ।

नेपाली कांग्रेसका एंव धुस्कुनका स्थानीय बलदेव तिमल्सिनाले निर्वाचन आचारसंहिताविरुद्ध सामाग्री बाँड्ने काम नगरेको सरासर फसाउने योजना भएको बताए । ‘हामीलाई बदनाम गर्न वामपन्थीले यो प्रपञ्च रचेका हुन सक्छन्,’ उनले भने, ‘आचारसंहिताविरुद्ध गएर हामीलाई प्रचार गर्नु छैन ।’

सिरकसहितको सवारी नियन्त्रणमा लिएका सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय लामोसाँघुका प्रहरी उपरीक्षक मधुकृष्ण गड्तौलले व्यापारिक प्रयोजनको लागि सिरक ल्याइएको पाएको बताए ।

‘चुनावअघि सिरक बेच्न लैजाँदा गलत प्रभाव र सन्देश जाने भएकाले चुनावपछि मात्रै ल्याउनु भनेर फिर्ता गरेका छौं,’ उनले भने, ‘ठूलो परिमाणमा सिरक जस्ता सामाग्री गाउँमा लैजानाले मतदातालाई बाँड्ने आशंका गरेका थियौं।’

प्रकाशित : कार्तिक २८, २०७४ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?