२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

आक्रमणको अनुसन्धान जारी : देउवा

कान्तिपुर संवाददाता

नेपालगन्ज — प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रचारका क्रममा उम्मेदवारमाथि भएका आक्रमण घटनाको अनुसन्धान भइरहेको बताएका छन् । त्यस्ता घटना हुन नदिन सुरक्षा अधिकारीलाई निर्देशन दिएको उनले बताए ।

नेपालगन्जमा भएको सुरक्षा भेलालाई सम्बोधन गर्दै उनले मंसिर १० र २१ मा हुन लागेको निर्वाचन भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न कडा सुरक्षा व्यवस्था मिलाइएको बताए । देउवाले सुरक्षा व्यवस्था चुस्त पार्न पनि निर्देशन दिएका छन् ।

उनले सीमित स्रोत र साधनको उपयोग गर्दै निर्वाचन सुरक्षामा लाग्न सुरक्षा अधिकारीसँग आग्रह गरे ।

प्रकाशित : कार्तिक २९, २०७४ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?