बाटोमै सुत्केरी

कान्तिपुर संवाददाता

मुगु — छायाँनाथ रारा नगरपालिका १० जिउलाकी २२ वर्षीया सरस्वती नेपाली मंगलबार दिउँसो बाटौमै सुत्केरी भएकी छन् । घरमा सुत्केरी व्यथाले च्यापेपछि आमासँग हिँडेरै जिल्ला अस्पताल जाने क्रममा उनले श्रीनगरको घाटस्थित बाटोमा छोरा जन्माएकी हुन् ।

छायाँनाथ रारा नगरपालिका १० जिउलाकी २२ वर्षीया सरस्वती नेपाली मंगलबार दिउँसो बाटौमै सुत्केरी भएकी छन् ।

घरमा सुत्केरी व्यथाले च्यापेपछि आमासँग हिँडेरै जिल्ला अस्पताल जाने क्रममा उनले श्रीनगरको घाटस्थित बाटोमा छोरा जन्माएकी हुन् । उनका पति मजदुरीका लागि भारतमा छन् । घाट प्राविका प्रधानाध्यापक गगनबहादुर शाहीले बाटोमा सुत्केरी भएको देखेपछि टेलिफोनबाट स्थानीयलाई खबर गरेका थिए । स्थानीयले स्टेचरमा राखेर सुत्केरीलाई अस्पताल पुर्‍याएको रोवा तल्लेख गाउँका अंक बुढाले बताए । सरस्वती र उनको बच्चाको अवस्था सामान्य रहेको डा. डबल मल्लले जनाए ।

प्रकाशित : कार्तिक २९, २०७४ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?