कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘प्रत्यक्ष कार्यकारीतिरको बाटो उल्टो’

कान्तिपुर संवाददाता

विराटनगर — उपप्रधानमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदारले प्रत्यक्ष कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको व्यवस्था ‘उल्टो दिशाको यात्रा’ भएको टिप्पणी गरेका छन् । एकीकृत रूपमा रहेको शासन व्यवस्थालाई विकेन्द्रित गर्दै गाउँ–गाउँमा शक्ति बाँडफाँट भइसकेको अवस्थामा प्रत्यक्ष कार्यकारीको कुरा उपयुक्त नभएको उनको तर्क छ ।

‘प्रत्यक्ष कार्यकारीतिरको बाटो उल्टो’

विराटनगरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री गच्छदारले भने, ‘संविधानसभामार्फत आएको संविधानले सिंहदरबारको अधिकार र शक्तिलाई गाउँ, नगर र वडातहसम्म पुर्‍याएको छ ।’ यस्तो अवस्थामा फेरि केन्द्रमै शक्ति एकीकृत हुने गरी प्रत्यक्ष कार्यकारीको कुरा ल्याउनु उचित नभएको उनले बताए ।

मुलुकमा विभिन्न जातजातिको बसोबास भएको र जनसंख्याको विविधतापूर्ण अवस्था रहेको भन्दै उनले यस्तो अवस्थाको सही प्रतिनिधित्व प्रत्यक्ष कार्यकारी प्रणालीमा सम्भव नहुने उल्लेख गरे । ‘नयाँ संविधानअनुसार मुलुक संघीयतामा गइसकेको छ, यसका लागि कति लामो संघर्ष भएको छ,’ गच्छदारले भने, ‘अब फेरि पुरानै अवस्थामा फर्कने कुरा उपयुक्त हुन सक्दैन ।’

प्रकाशित : कार्तिक २९, २०७४ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?