३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नेकपाका ७ नेता तथा कार्यकर्ता पक्राउ

विद्या राई

भोजपुर — निर्वाचन विरोधी गतिविधि गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीका ७ जना नेता तथा कार्यकर्तालाई पक्राउ परेका छन् । केही दिनयता उनीहरुलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर गीतनारायण चौधरीले बताए ।

दुईहप्ताअघि लोकतान्त्रिक गठबन्धनका तर्फबाट भोजपुर प्रदेश (२) का उम्मेदवार गोविन्द कार्कीको टक्सारमा रहेको घर नेकपाका कार्यकर्ताले कब्जामा लिएका थिए । निर्वाचन नगर्न गरेको आग्रह अस्विकार गरेको भन्दै नेकपाले झण्डा गाडेर कब्जामा लिएका थिए ।

गत मंगलबार बिहान मात्र टेम्केमैयुङ गाउँपालिकामा आयोजित चुनावी सभामा जाँदै गरेको बाम गठबन्धनका प्रदेश (२) का उम्मेदवार शेरधन राई चढेको गाडीमा एक समूहले बम प्रहार गरेको थियो । ठूलो क्षति हुनबाट जोगिएपनि राईका अंगरक्षक डिल्ली देवकोटाको दाहिने हातमा बमको छर्रा लाग्यो । प्रतिकारमा उनले २१ राउण्ड गोली चलाए । निर्वाचन विरोधी र उम्मेदवार लक्षित गतिविधि एकपछि अर्को बढ्न थालेपछि जिल्लाको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।

प्रकाशित : मंसिर २, २०७४ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?