कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

विप्लवका जिल्ला नेता पक्राउ

डोल्पा(दुनै) — जिल्लामा निर्वाचन सुरक्षा माथि खतरा हुने गतिविधि हुन थालेपछि नेपाल कम्युनिष्ट पार्टीका एक जना जिल्ला नेतालाई प्रहरीले पक्राउ गरी थुनामा राखेको छ ।



डोल्पा जिल्लाका विभिन्न ठाउँहरुमा निर्वाचन विरोधी गतिविधिहरु गर्ने, उम्मेदवारलाई लक्षित गरेर आक्रमण गर्ने तयारी गर्ने, उम्मेदवारहरुलाई धम्की दिने, उम्मेदवारको घरघरमा निर्वाचन विरोधी पोष्टर व्यानर टाँस्ने, मतदाताहरुलाई धम्काउने लगायतका विभिन्न निर्वाचन विरोधी गतिविधि गरेका कारण नेपाल कम्युनिष्ट पार्टी डोल्पाका सचिव राजेश बुढालाई पक्राउ गरी हिरासतमा राखिएको प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले बताए ।

डोल्पाका ६६ मतदान केन्द्रहरु मध्ये ३६ मतदान केन्द्रहरुलाई अति संवेदनशील, १८ मतदान केन्द्रहरु संवेदनशील र १५ मतदान केन्द्रहरुलाई सामान्य स्थितिका मतदान केन्द्रका रुपमा वर्गीकरण गरी सुरक्षाको प्रवन्ध गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

जिल्ला बाहिरबाट आएर निर्वाचन शान्ति सुरक्षामा पार्न सक्ने चुनौतिलाई निस्तेज गर्नका लागि र गलत क्रियाकलापमा लागेका व्यक्तिहरुको पहिचान गर्नका लागि डोल्पा भित्रिने नाकाहरु मुड्केचुला गाउँपालिकाको होर्त खोला, त्रिवेणी र जगदुल्ला गाउँपालिकाको चौरीकोटमा आउने जाने बटुवाहरुलाई सुरक्षा जाँच चौकी राखिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । उनले जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको बताए ।

प्रकाशित : मंसिर ४, २०७४ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?