नेकपाका ५ कार्यकर्ता पक्राउ

प्रतिक्षा काफ्ले

स्याङ्जा — दुई चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनविरोधी क्रियाकलाप गर्दै हिँडेको नेपाल कम्युनिष्ट पार्टीका पाँच कार्यकर्ता स्याङ्जामा पक्राउ परेका छन् । विशेष सुराकीको आधारमा उनको घरमा र कतिपयलाई सार्वजानिक स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरीले जनाएको छ ।

नेकपाका ५ कार्यकर्ता पक्राउ

जिल्ला प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टका अनुसार जिल्लाभर खटाइएको सादा पोसाकको प्रहरी टोलीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताहरु पक्राउ गरेको हो । पक्राउ परेकाहरुमध्ये वालिङ नगरपालिका–६ बस्ने वर्ष ४१ का राजु पौडेल, १२ बस्ने वर्ष ३४ का दुर्गाबहादुर थापा, १३ बायाटारी बस्ने वर्ष २६ का धुव्र गौडेल, भीरकोट नगरपालिका–१ बस्ने वर्ष ६० का शेरबहादुर थापा र पुतलीबजार नगरपालिका–१३ बस्ने थानेश्वर केसी छन् । उनीहरु पार्टीका जिल्ला सदस्य हुन् ।

प्रवक्ता डिएसपीका अनुसार पाँचै जनालाई सार्वजानिक अपराधसम्बन्धमा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।

प्रकाशित : मंसिर ६, २०७४ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?