१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सहायक मतदान अधिकृत कुटिए

अर्जुन शाह

बाजुरा — बाजुराको बुढीनन्दा नगरपालिका-५ कोटिलास्थित नन्देश्वरी माविमा रहेको मतदान केन्द्रमा खटिएका सहायक मतदान अधिकृत विन्देश्वर प्रसादयादव बुधवार बीच बाटोमै कुटिएका छन् ।

घाइतेको सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यादवको डाढ, खुट्टा र पिठ्युँमा चोट लागेको छ ।

सदरमुकाम मार्तडीबाट एक दिनको पैदल दुरीमा रहेको उक्त मतदान केन्द्रमा जाँदै गर्दा पोरखे लेकमा यादव माथि कुटपीट भएको प्रहरीले जनाएको छ ।

आक्रमणकर्ताको पहिचान भने हुन सकेको छैन । घटनामा संलग्नहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुरा प्रहरी नायव उपरीक्षक हरी ओलीले बताए ।

प्रकाशित : मंसिर ७, २०७४ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?