कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मकवानपुरमा उच्च सुरक्षा सतर्कता

हेटौंडा — मंसिर २१ गते हुने निर्वाचन मकवानपुर जिल्लामा शान्तिपूर्ण ढंगले हुने सुरक्षा निकायको दाबी छ । चुनाव लक्षित सुरक्षा संयन्त्र चुस्त र बलियो बनाइएकाले निर्वाचन शान्तिपूर्ण ढंगले हुने सुरक्षा निकायका अधिकारीहरूले बताएका हुन् ।

विभिन्न जिल्लामा विस्फोट र चुनावविरोधी कार्य भइरहेका बेला मकवानपुरमा भने सुरक्षा समितिले सुरक्षा अवस्था मजबुत पारिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला सुरक्षा समितिका पदाधिकारीले मकवानपुर जिल्लाका मतदान केन्द्रहरूमा अनुगमन र सूक्ष्म अनुसन्धानका लागि समेत आवश्यक जनशक्ति गाउँ–गाउँमा खटाएको प्रजिअ चक्रबहादुर बुढाले बताए ।

दैनिक सुरक्षा जाँचमा कडाइ तथा अन्य सुरक्षा संयन्त्रलाई समेत सूक्ष्म रूपमा परिचालन गरिएको उनले भने ।  मतदान केन्द्र तथा निर्वाचनका बुथ मात्र नभएर उम्मेदवारको सुरक्षाप्रति पनि सुरक्षा निकायले ध्यान दिएको बताएको छ ।

उम्मेदवारले सुरक्षा चुनौती भएको भन्दै सुरक्षा बढाउन माग गरेको अवस्थामा जिल्ला सुरक्षा समितिले आवश्यक सुरक्षाको समेत व्यवस्था गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । सुरक्षाको अवस्था हेरी प्रतिस्पर्धी उम्मेदवारबीच पनि आवश्यक समन्वय गरेर कार्यक्रम गर्न लगाइरहेका छौं, उनले भने । 

 

प्रकाशित : मंसिर ८, २०७४ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?