करेन्ट लागेर चालक सहचालकको मृत्यु

दाङ — टिपर सफा गर्ने क्रममा करेन्ट लागेर दाङमा चालक र सहचालकको मृत्यु भएको छ ।

बिहीबार बेलुका गढवा गाउँपालिका–१ रङसिङ खोलामा ना १ क ५९२८ नम्बरको टिपर सफा गर्दा करेण्ट लागेर मकवानपुरको गढी गाउँपालिका–६ का २८ वर्षीय चालक चन्द्रकुमार वाइवा र २० वर्षीय सहचालक कुमार सिंहको मृत्यु भएको छ ।

टिपर सफा गर्ने क्रममा पछाडिको ट्राली उठाउँदा विद्युतको तार छोएपछि करेन्ट लागेको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ ।

प्रकाशित : मंसिर ८, २०७४ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?