कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कांग्रेस पार्टी कार्यालयमा प्रेसर कुकर बम

नवलपरासी — पूर्वी नवलपरासीको दुम्कौलीस्थित कांग्रेसको चुनाव प्रचार कार्यलयमा अज्ञात समूहले प्रेसर कुकर बम राखेपछि यो क्षेत्रमा त्रास फैलिएको छ । महेन्द्रराजमार्ग किनारमा रहेको पार्टी कार्यालयको बाहिरपट्टी कुकर बम राखेर त्यसमा जोडिएको तार इनारको मोटरमा लगेर जोडिएको छ ।

कांग्रेस महामन्त्री डा शशांक कोइरालाले एकसाता अघि उद्धघाटन गरेको प्रचार समिति कार्यालय छेउमा बिहीबार राति बम राखिएको हो । बम निस्क्रिय पार्न नेपाली सेनाको हात्तिखोर ब्यारेकबाट बम निस्क्रिय पार्ने टोली खटिएको छ । बिहानैदेखि सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले बम राखिएको वरपर स्थानीयलाई आउजाउ गर्न रोक लगाएको छ ।

पार्टी कार्यालय बाहिर बम देखेपछि स्थानीयले इलाका प्रहरी कार्यालय रजहरमा खबर गरेका थिए ।

यहाँका प्रतिनिधि सभाका उम्मेदवार डा शशांक कोइराला (कांग्रेस ) र वाम गठबन्धनका उम्मेदवार भविश्वर पराजुलीको सुरक्षाकालागि सादा पोशाकका प्रहरी खटाइएको ४ दिनपछि पार्टी कार्यालयमा बम फेला परेको हो । रजहरका प्रहरी नायव निरीक्षक हरी भूसालले बम राखिएको स्थानलाई सुरक्षित राख्ने र त्यसलाई निस्क्रिय पार्ने काम भइरहेको जानकारी दिए । महेन्द्रराजमार्गको नजिकमा बम भेटिएको हल्ला फैलिएपछि स्थानीयको भीड लागेको छ ।

प्रकाशित : मंसिर ८, २०७४ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?