१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

जिल्ला कारागार सेनाको जिम्मा

कमल पन्थी

गुलरिया — प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई मध्यनजर राख्दै नेपाली सेनाले सुरक्षाको जिम्मा लिएको छ । सरकारको निर्देशनअनुसार अति संवेदशनशील मानिएको कारागारमा सेनाले सुरक्षाको जिम्मा लिएको छ । यसअघि नेपाल प्रहरीले सुरक्षाको जिम्मा लिँदै आएको थियो ।

जिल्ला कारागार सेनाको जिम्मा

प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई मध्यनजर राख्दै नेपाली सेनाले सुरक्षाको जिम्मा लिएको छ ।

सरकारको निर्देशनअनुसार अति संवेदशनशील मानिएको कारागारमा सेनाले सुरक्षाको जिम्मा लिएको छ । यसअघि नेपाल प्रहरीले सुरक्षाको जिम्मा लिँदै आएको थियो ।

प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले निर्वाचन अवधिका लागि नेपाली सेनाका क्याप्टेनको नेतृत्वमा २५ जना परिचालित भएका छन् । निर्वाचन सकिएपछि कारागारमा तैनाथ नेपाली सेना फर्किने प्रजिअ भट्टराईले जनाए ।

जिल्ला कारागार सदरमुकाम गुलरियास्थित तुलापुरमा पर्दछ । सुरक्षाको दृष्टिले कारागार एकान्तमा रहेकोले संवेदनशील मानिन्छ ।

प्रकाशित : मंसिर ८, २०७४ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?