२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४
उपत्यका

National

चुनावी चहलपहलबीच समुदायमा सौहार्दता

महानगर सीमा जोडिएको मोरङको कटहरीसँगै मझारे अनि भाथिगछमा पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा मत माग्दै पहाडी समुदायका उम्मेदवारलाई मधेसी समुदायको घरदैलोमा पुग्नै समस्या थियो ।

६३ वर्षदेखि आरनमै

७१ वर्षीय धनबहादुर विक अझै घन उचालेर कुटो–कोदालो बनाउने गर्छन् । उनका दौंतरी भने लौरोको सहारामा हिँडडुल गर्छन् । पृथ्वी राजमार्ग छेवैको पोखरा–३२ लामेआहालमा विक आरनमा दैनिक कृषि औजार बनाउँदै–अर्जाप्दै गरेका भेटिन्छन् । ‘काम गरिरहेकैले मैले लौरोको सहारा लिनुपरेको छैन,’ उनले भने, ‘यो उमेरमा अझै घन उचाल्दैछु ।’

६३ वर्षदेखि आरनमै

‘सदन’ जस्तै नगरसभा

सांसद भवनमा सदन चलेको दृश्य स्थानीय तहमा देखिन थालेका छन् । नेपालगन्ज उपमहानगरपालिकाको शुक्रबार भएको पहिलो नगरसभामा त्यही दृश्य दोहोरियो । नगर सदस्यहरू पनि सांसदकै पहिरनमा उपस्थित थिए । मुलुक संघीयतामा गएपछि सांसदजस्तै नगरसभा भएको नेपालगन्जवासीका लागि पहिलो अनुभव हो ।

‘सदन’ जस्तै नगरसभा

गाउँ फर्किए मतदाता

अध्ययनका लागि राजधानी बस्दै आएका छिरिङ गुरुङ शुक्रबार घर फर्किएका छन् । बाह्रगाउँ मुक्तिक्षेत्र–३ त्रिगाउँका उनी चुनावमा भोट हाल्न आएका हुन् ।

गाउँ फर्किए मतदाता

कर्मचारीलाई पानीकै पिरलो

सहायक प्रजिअ यज्ञप्रसाद शर्मा बिहीबार साँझ निर्वाचन कर्मचारीसँगै भलुवाजोरको कालिका मावि केन्द्र पुगे । निर्वाचन सामग्री बोकेर थकित उनीहरूले पिउन पानीसम्म पाएनन् । खानपिन र बास त परको कुरा ।

मंसिर ८, २०७४

जिल्ला कारागार सेनाको जिम्मा

प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई मध्यनजर राख्दै नेपाली सेनाले सुरक्षाको जिम्मा लिएको छ । सरकारको निर्देशनअनुसार अति संवेदशनशील मानिएको कारागारमा सेनाले सुरक्षाको जिम्मा लिएको छ । यसअघि नेपाल प्रहरीले सुरक्षाको जिम्मा लिँदै आएको थियो ।

जिल्ला कारागार सेनाको जिम्मा

कांग्रेस पार्टी कार्यालयमा प्रेसर कुकर बम

पूर्वी नवलपरासीको दुम्कौलीस्थित कांग्रेसको चुनाव प्रचार कार्यलयमा अज्ञात समूहले प्रेसर कुकर बम राखेपछि यो क्षेत्रमा त्रास फैलिएको छ । महेन्द्रराजमार्ग किनारमा रहेको पार्टी कार्यालयको बाहिरपट्टी कुकर बम राखेर त्यसमा जोडिएको तार इनारको मोटरमा लगेर जोडिएको छ ।

मकवानपुरमा उच्च सुरक्षा सतर्कता

मंसिर २१ गते हुने निर्वाचन मकवानपुर जिल्लामा शान्तिपूर्ण ढंगले हुने सुरक्षा निकायको दाबी छ । चुनाव लक्षित सुरक्षा संयन्त्र चुस्त र बलियो बनाइएकाले निर्वाचन शान्तिपूर्ण ढंगले हुने सुरक्षा निकायका अधिकारीहरूले बताएका हुन् ।

‘कहिलेसम्म टहरामा बस्ने ?’

भीरकोट नगरपालिका–६ सिमलचौरकी ६० वर्षीया सावित्रा जीसीसँग भूकम्पपीडितको रातो कार्ड छ । उनको भत्किएको घर प्राविधिकको टोलीले अवलोकन गरे । अहिलेसम्म कुनै सरकारी सुविधा नपाएको उनको गुनासो छ ।

तुइनमुक्त बन्यो कालिकोट

तुइनमा झुन्डिएर जोखिमपूर्ण नदी वारपार गर्नुपर्ने बाध्यताबाट कालिकोटवासी मुक्त भएका छन् । सरकारले दुई वर्षअघि तुइन विस्थापन घोषणा गरेर अभियान चलाएपछि १६ झालुंगे पुल निर्माण भएको थियो ।

तुइनमुक्त बन्यो कालिकोट

उत्कृष्ट १० करदाता सम्मानित

आन्तरिक राजस्व कार्यालय पोखराले छैटौं राष्ट्रिय कर दिवसको साताव्यापी कार्यक्रमको समापनमा उत्कृष्ट १० करदातालाई बिहीबार सम्मान गरेको छ । कार्य क्षेत्रभित्रका १० जिल्लाबाट एक/एकजना करदातालाई सम्मान गरेको हो ।

उम्मेदवारै नदेखी मतदान

पर्यटकीय क्षेत्र लाङटाङका मतदाताले यसपटक पनि उम्मेदवारको मुखै नदेखी मतदान गर्दैछन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मत माग्न कुनै उम्मेदवार नआएको लाङटाङका ङेरूप तामाङले बताए । ‘उम्मेदवार नआए पनि मतदान गर्दै छौं,’ उनले भने । स्थानीय कार्यकर्ताले नै आफ्ना उम्मेदवारका लागि मत मागेका छन् ।