समाचारले बन्यो घर, बेलायतका नेपालीद्वारा वाढी पीडितलाई घर

पर्वत पोर्तेल

वुद्धशान्ति (झापा) — गत साउन अन्तिमको वाढीवाट श्रीमती र छोरी गुमाउनुका साथै घर वगाएको पीडा भुल्न सकेका छैनन् झापा सिमलबारी ३ का टेकबहादुर दर्नालले । उनको पीडामा थोरै भएपनि मल्हम लगाइदिएको छ वेलायतको क्याट्रिकमा बसोबास गर्ने नेपालीहरुको साझा संगठन ब्रिटिश गोरखा नेपलिज कम्युनिटीले ।

समाचारले बन्यो घर, बेलायतका नेपालीद्वारा वाढी पीडितलाई घर

वाढीवाट श्रीमती र नावालिका छोरीसहित घर गुमाएको खवर कान्तिपुर दैनिक र ईकान्तिपुरले ‘श्रीमती र छोरी गुमाएँ, घर बगायो’ शीर्षकमा प्रकाशित गरेको थियो । उक्त समाचार पढेर वेलायतका नेपालीहरुले विकको घर वनाइदिने योजना बुनेका हुन् । ‘समाचार पढेपछि गह भरिएर आयो’, वेलायतको व्रिटिस गोर्खा र नेपाली कम्युनिटीका सदस्य ज्ञानेन्द्र आलेले भने,‘विकको घर वनाउन सहयोग गर्ने योजना बन्यो ।’ खासगरी वेलायतका नेपालीहरुले नेपालमा हुने वाढी, पहिरो, भुकम्प जस्ता विपत्तीमा परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ ।

व्रिटिस गोर्खा र नेपाली कम्युनिटीले उपलव्ध गराएको अढाई लाख रुपैयाँको लागतमा विकका लागि झापा वुद्ध शान्ति गाउँपालिका ३ किनारा वस्तीमा तीन कोठे पक्की घर निर्माण गरिएको छ । नवनिर्मित घर व्रिटिस गोर्खा र नेपाली कम्युनिटीका सदस्य चूणा लिम्वुले विहीवार वाढी पीडित विकलाई हस्तान्तरण गरे । नयाँ घर पाएपछि विक खुसीले गदगद भएका थिए । नयाँ घर पाएपछि विकले हर्ष व्यक्त गरे,‘घर वनाइदिन सहयोग गर्ने वेलायतका सवै नेपालीहरुप्रति ऋणि छु ।’ विकको घर निर्माणमा वुद्धशान्ति ३ का स्थानीय प्रेम ल्वागुन नि:स्वार्थ रुपमा खटेका थिए । ‘सवैको सहयोगवाट विकले नयाँ घर पाएका हुन्’, घर निर्माणमा अहोरात्र खटेका ल्वागुनले भने,‘सवैको साथ र सहयोगवाटै यो सम्भव भएको हो ।’

नेपाली भाषा संस्कृतिको जगेर्ना र आपसी सद्भाव कायम गर्ने उद्देश्य राखेर स्थापित कम्युनिटीले बाढी पीडितलाई सहयोग गर्न ज्ञानेन्द्र आलेको संयोजकत्वमा समिति वनाएको थियो । सोही समितिको सक्रियतामा रकम जुटाइएको हो ।

कम्युनिटीले चितवनस्थित राप्ति नगरपालिका १३ की ६० वर्षीय मैया माया चेपाङको समेत घर निर्माण गरिरहेको छ । कम्युनिटीका अध्यक्ष रामबहादुर मल्लले झापाका वाढी पीडित विक र चितवनकी मैयामाया चेपाङलाई अढाई /अढाई लाख रुपैयाँ उपलव्ध गर्ने निर्णय भएको जनाए । कम्युनिटीले यसअघि भूकम्प पीडितका लागि करिब ३० लाख नेपाली रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरेको थियो ।

यसैवीच जर्मनीमा वसोवास गर्ने सुरज सुनार घतानीले समेत वाढी पीडित विकलाई नगद ३० हजार रुपैयाँ सहयोग गरेका छन् । उक्त रकम कलाकारद्धय विल्सन विक्रम राई र राजेश घतानीले विकलाई हस्तान्तरण गरेका छन् । सुनचाँदी व्यवसायी संघ झापाका अध्यक्ष राजु घमलाले समेत पीडित विकलाई १५ हजार प्रदान गरेका थिए ।

प्रकाशित : मंसिर १५, २०७४ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?