२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

होटलमा काम गर्ने युवतीको शंकास्पद मृत्यु

धरान — यहाँको एक होटलमा कार्यरत २४ वर्षीया युवती बुधबार बिहान मृत अवस्थामा फेला परेकी छिन् । युवतीको मृत्यु शंकास्पद भएको प्रहरीले जनाएको छ ।

यहाँको एक होटलमा कार्यरत २४ वर्षीया युवती बुधबार बिहान मृत अवस्थामा फेला परेकी छिन् ।

युवतीको मृत्यु शंकास्पद भएको प्रहरीले जनाएको छ । धरान–७ स्थित परेली होटलमा फेला परेकी युवती उदयपुर ठोक्सीला घर भएकी भावना मगर रहेको प्रहरीले बताएको छ । मृतक युवतीलाई बिहान होटलको पंखामा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेकी थिइन् । प्रहरीका अनुसार ती युवतीसँगै ठेगाना नखुलेका प्रदीप शंकर नाम गरेका युवक बेलुका सोही कोठामा सँगै बसेका थिए । ती युवक फरार छन् ।

उनी बिहान करिब ५ बजेतिर होटलको झ्यालबाट भागेको प्रहरीले बताएको छ । युवतीको शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरी हाउसमा राखिएको र शंकास्पद मृत्यु भएकाले फरार युवाको खोजीका साथै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

होटलका कर्मचारीहरुका अनुसार उनीहरुले अघिल्लो बेलुका धरान–१५ बगरकोटमा प्रदीपको बर्थ डे मनाएका थिए । बर्थ डेको अवसरमा परेली होटलमा बिहान ४ बजेसम्म रक्सी पिएर एकापसमा झगडा समेत गरेका थिए ।

प्रकाशित : मंसिर २०, २०७४ १७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?