१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

मतगणनास्थलमा फलामे बार

रसुवा संवाददाताका अनुसार मतगणनास्थलमा फलामे बार लगाइएको छ। गणनास्थलको एकातर्फ फलामे बार लगाइएको छ भने अर्कोतर्फ कार्यालयभित्र प्रवेश गर्ने च्यानलगेटलाई प्रयोग गरिएको छ। गणना साँझ ५ बजेबाटै सुरु गरिने मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले जानकारी दिए।

रसुवा संवाददाताका अनुसार मतगणनास्थलमा फलामे बार लगाइएको छ। गणनास्थलको एकातर्फ फलामे बार लगाइएको छ भने अर्कोतर्फ कार्यालयभित्र प्रवेश गर्ने च्यानलगेटलाई प्रयोग गरिएको छ।

गणना साँझ ५ बजेबाटै सुरु गरिने मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले जानकारी दिए। उनले भने, ‘मतगणना स्थललाई भरपुर सुरक्षा दिन फलामे बार लगाइएको हो।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना र प्रदेशसभाको निर्वाचन क्षेत्र ‘क’ को प्रत्यक्षतर्फको मत एकै पटक गणना गर्ने तयारी गरिएको छ।’

एक सिफ्टमा ३ हजार मत गनिनेछ। ९ सिफ्टमा सबै मत गनि नतिजा प्रकाशित गर्ने गरि तयारी गरिएको छ। प्रत्यक्षको सकिएपछि समानुपातिकको गणना गरिनेछ। मतगणनाका लागि एक पटकमा १५/१५ जना गरी ३० कर्मचारी परिचालन गरिएको छ।

बिहीबार बिहान ११ बजे मतगणना तयारीका लागि सर्वदलीय बैठक बोलाइएको छ। ३२ हजार ३ सय २२ मतदाता रहेको जिल्लामा २६ हजार १ सय मत खसेको थियो।

प्रकाशित : मंसिर २१, २०७४ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?