सुनसरीमा ४ लाख ७४ हजारले मतदान गर्दै

इटहरी — प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सुनसरीबाट ४ लाख ७४ हजार ८ सय ३१ मतदाता मतदानमा सहभागी हुँदैछन् । यहाँ २ लाख ३७ हजार ८ सय ३६ महिला र २ लाख ३६ हजार ९ सय ९५ जना पुरुष मतदाता छन् ।

निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख २२ हजार ६ सय ९१ मतदाता छन् । त्यस्तै २ मा १ लाख ३० हजार ७ सय ३३ जना छन् भने ३ मा १ लाख ९ हजार ९ सय १७ ले मताधिकार प्रयोग गर्ने निर्वाचन कार्यालयले जनाएको छ । क्षेत्र ४ मा भने १ लाख ११ हजार ४ सय ९० मतदाता छन् । जिल्लामा सुनसरी ४ मा ४२ मतदानस्थल र १ सय २५ मतदान केन्द्र छन् । 

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यतर्फ १२ पदका लागि १ सय ४६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

यसैबीच, जिल्ला सुरक्षा समितिले जिल्लाका सबै मतदान स्थललाई संवेदनशील सूचीमा राखेर सोहीअनुरूप सुरक्षा बन्दोबस्ती मिलाएको छ । ५ सय २७ मतदान केन्द्र रहेको सुनसरीमा १ सय ६६ मतदानस्थल निर्धारण गरिएका छन् । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेना गरी ६ हजारको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले बताए ।

प्रकाशित : मंसिर २१, २०७४ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?