दृष्टिविहीन विद्यार्थीलाई ज्याकेट

पाँचथर — जाडोको बेला फिदिम नगरपालिका–४ गढीस्थित गढी माविमा अध्ययनरत दृष्टिविहीन बालबालिकालाई ज्याकेट वितरण गरिएको छ । समाजसेवी शालिकराम दाहालले उनीहरूलाई न्यानो ज्याकेट र ब्रेल पेपर प्रदान गरेका हुन् ।

जाडोको बेला फिदिम नगरपालिका–४ गढीस्थित गढी माविमा अध्ययनरत दृष्टिविहीन बालबालिकालाई ज्याकेट वितरण गरिएको छ ।

समाजसेवी शालिकराम दाहालले उनीहरूलाई न्यानो ज्याकेट र ब्रेल पेपर प्रदान गरेका हुन् । सिन्धुलीमा जन्मिएर विराटनगरमा हुर्किई अस्ट्रेलिया बसोबास गर्दै आएका दाहालले कान्तिपुरमार्फत १६ दृष्टिविहीन बालबालिकालाई ज्याकेट दिएका छन् ।

विद्यालयद्वारा बुधबार आयोजित ज्याकेट तथा ब्रेल पेपर हस्तान्तरण कार्यक्रममा फिदिम नगरपालिका प्रमुख ओनाहाङ नेम्बाङले दृष्टिविहीनलाई ज्याकेट र शिक्षिका हुमादेवी गुरागाईंलाई दस रिम ब्रेलपेपर हस्तान्तरण गरेका हुन् ।

ब्रेलपेपर दृष्टिविहीन विद्यार्थीले ब्रेल लिपि लेख्नका लागि प्रयोग गरिन्छ ।

प्रकाशित : मंसिर २१, २०७४ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?