कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

पत्रिकालाई स्पष्टीकरण

नेपालगन्ज — मुख्य निर्वाचन अधिकृतको कार्यालयले मौन अवधिमा आचारसंहिताविपरीत समाचार प्रकाशित गरेको भन्दै स्पष्टीकरण सोधेको छ । नेपालगन्जबाट प्रकाशित हुने सदभाव दैनिकका ‘कभर स्टोरीका सामग्री’ आचारसंहितविपरीत भएको भन्दै मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले स्पष्टीकरण सोधेका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मौन अवधिमा आचारसंहिताविपरीत समाचार प्रकाशित गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।

नेपालगन्जबाट प्रकाशित हुने सदभाव दैनिकका ‘कभर स्टोरीका सामग्री’ आचारसंहितविपरीत भएको भन्दै मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले स्पष्टीकरण सोधेका हुन् । ‘स्पष्टीकरणपत्रमा आचारसंहिता उल्लंघन गरेकामा किन कारबाही हुननपर्ने हो ? कारणसहित २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न आउनु,’ बुधबार लिखितपत्रमा छ । सञ्चारमाध्यमले आचारसंहिताविपरीत सामग्री प्रकाशित गरेको लिखित उजुरी परेपछि मुख्य निर्वाचन अधिकृत सुवेदीले कारबाही प्रक्रिया अघि बढाएको जनाए ।

प्रक्रिया अघि बढाइएको बारे जानकारी निर्वाचन आयोग, क्षेत्रीय निर्वाचन र जिल्ला प्रशासनलाई दिइएको छ । सदभाव दैनिकका प्रकाशक सम्पादक दामोदर भण्डारीले मौन अवधिमा भूलवस आचारसंहिताविपरीत समाचार छापिएपछि क्षमायाचना गरेको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित : मंसिर २१, २०७४ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?