कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

त्रिशुली नदीमा ट्रक खस्यो, १ को मृत्यु, २ घाइते

हरिहरसिंह राठौर

धादिङ — पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी–२, मलेखु नजिकैबाट ट्रक त्रिशुली नदीमा खस्दा १ जनाको घटनास्थलमानै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

वीरगन्जबाट काठमाडौं आउँदै गरेको ना ६ क ९०८७ नम्बरको ट्रक आज बिहान त्रिशुली नदीमा खसेको गजुरी प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा मकवानपुर मनहरीका सुरेश थोकर रहेका छन् भने घाईतेहरुको नाम खुल्न सकेको छैन ।

प्रकाशित : मंसिर २१, २०७४ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?