कैलालीमा मतगणना सुरु

वाम गठवन्धन अगाडी
डीआर पन्त

धनगढी — प्रदेश नं सातको सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको कैलालीमा मतगणना सुरु गरिएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । कैलाली क्षेत्र नं ५ को प्रारम्भिक परिणाम आएपनि अरु कुनै पनि क्षेत्रको प्राररम्भिक परिणाम आएको छैन ।

 

प्रधानमन्त्री देउवा पत्नी आरजु राणा कैलाली क्षेत्र नं ५ मा १४०२ मत गणना हुँदा आफ्ना प्रतिद्वन्द्वी वाम गठवन्धनका नारदमूनी राना आधा मतको अन्तरले पछाडि छन् । रानाको ६२४ मत र आरजु राणाको ३११ मत रहेको छ । प्रधानमन्त्री पत्नी राणा भन्दा टीकापुर काण्डमा जेलमा रहेका राजपाका उम्मेदवार  लक्ष्मण थारु अगाडि छन् । उनले ३६० मत ल्याएका छन् । कैलाली क्षेत्र नं ५ मा ६१ हजार ९ सय ३४ मत खसेका थिए । 

 

जिल्लाका पहाडी गाविस चूरे र मोहन्याल गाउँपालिकाका मतपेटीका अबेर गरि पुगेका कारण दिउँसो १ बजेदेखि मात्र मतगणना सुरु भएको हो ।  मत गणनाको प्रारम्भिक रुझान अनुसार वामपन्थी गठबन्धन अगाडि जाने संकेत देखिएको छ । अन्य क्षेत्रको मतगणना सुरु भएपनि प्रारम्भिक परिणाम आउन अझै केही समय लाग्ने निर्वाचन कार्यालयले जानकारी दिएको छ । 

प्रकाशित : मंसिर २२, २०७४ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?