धादिङमा निर्वाचन क्षेत्र नं २ को प्रदेश 'ख' मा माओवादी केन्द्रका जगत सिंखडा विजयी

कान्तिपुर संवाददाता

धादिङ — वाम गठबन्धनका जगत सिंखडाले १७ हजार ६ सय ५ मत ल्याई निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा 'ख' मा विजयी हासिल गरेका छन् ।

सिंखडाका लोतान्त्रिक गठबन्धनका राप्रपाका उम्मेदवार डम्बर तामाङले १५ हजार ७ सय ७४ मत प्राप्त गरेका थिए ।

वामपन्थी गढ मानिएको धादिङको निवाचन क्षेत्र नं १ मा दुवै तहका निर्वाचनमा वाम गठबन्धन दोब्बर मतले उछिनेको छ । प्रतिनिधिसभामा एमाले अध्यक्ष समेत रहेका वाम गठबन्धनका उम्मेदवार भूमी त्रिपाठीले २३ हजार ८ सय ५९ मत प्राप्त गरेका छन् भने त्रिपाठीका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका विश्वप्रसाद अर्याल १० हजार ५ सय २९ मत प्राप्त गरेका छन् । दुवैको उम्मेदवारबीच १३ हजार ३ सय २९ मतान्तर रहेको छ ।

निर्वाचन क्षेत्र नं १ कै दुईवटै प्रदेशसभा मा पनि वाम गठबन्धनले नै दोव्वर मतको मतान्तर राखेको छ । प्रदेशसभा १ का उम्मेदवार नेकपा एमालेका नेता राजेन्द्रप्रसाद पाण्डेले आफना प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मधु श्रेष्ठलाई १० हजार ४ सय १४ मतले पछाडी पार्दै २० हजार ५ सय ५२ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी श्रेष्ठले १० हजार ८ सय ३८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी प्रदेशसभा २ मा माओवादी नेता शालिकराम जमकट्टेलले १७ हजार २ सय २ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रभातकिरण सुवेदीले ७ हजार १ सय ६८ मत प्राप्त गरेका छन् । दुवै उम्मेदवारको मत दोब्बरभन्दा बढी फरक छ ।

त्यसैगरी निर्वाचन क्षेत्र नं २ मा भने वाम गठबन्धन र लोतान्त्रिक गठबन्धबीच कडा प्रतिस्पर्धा रहेको छ ।

प्रकाशित : मंसिर २२, २०७४ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्

रुकुम पश्चिमको क मा रातो कामी निर्वाचित

कान्तिपुर संवाददाता

रुकुम (पश्चिम) — रुकुम पश्चिको प्रदेशसभा सदस्य क निर्वाचन क्षेत्रबाट रातो कामी निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रबाट उम्मेद्वार बनेका कामी १६ हजार ८ सय १० मत सहित विजयी भएका हुन् । उनले नेपाली कांग्रेसका कृष्णबहादुर रोकायलाई पराजित गरे । रोकायको पक्षमा ८ हजार ५ सय ७५ मत आएको छ ।

कामी र रोकायबीच ८ हजार २ सय ३३ मतान्तर छ । उक्त निर्वाचन क्षेत्रमा २७ हजार १ सय ७४ मत खसेकोमा २५ हजार ८ सय ६९ मत सदर भएको छ भने १ हजार ३ सय १५ मत बदर भएको छ ।

प्रकाशित : मंसिर २२, २०७४ २०:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्