कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

घाइते पत्रकार भुसालको निधन

नवलपरासी — १० दिनअघि सडक दुर्घटनामा परेर गम्भीर घाइते पत्रकार तीर्थराज भुसालको निधन भएको छ । गत साता निर्वाचन समाचार संकलनको क्रममा नवलपरासीको त्रिवेणीमा पुगेर फर्किँदै गर्दा महेन्द्रराजमार्गको दाउन्नेमा मोटरसाइकल दुर्घटनमा गम्भीर घाइते भुसालको काठमाडौं मेडिसीटि अस्पतालमा उपचार गरिएको थियो । उपचारकोक्रममा स्वास्थ्यमा सुधार हुन नसकेपछि निधन भएको हो ।

घाइते पत्रकार भुसालको निधन

एक दशकदेखि पत्रकारितामा क्रयाशील पत्रकार भुसालले नवलपरासीको सदरमुकाम कावासोतीमा आफ्नै लगानीमा नवलपुर एफएम स्थापना गरेर सक्रिय थिए । पत्रकारितामा स्नातकोत्तर गरेका भुसाल रेडियोको अलावा टेलीभिजन पत्रकारितामा समेत सक्रिय थिए ।

परिवारको एक्लो छोरा भुसालकी श्रीमती, एक छोरी, बाबुआमा र ३ बहिनी छन् । उनको आइतवार नारायणी नदी किनारमा अन्तिम संस्कार गरिएको छ ।

प्रकाशित : मंसिर २४, २०७४ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?