कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

डोल्पाको समानुपातिक तर्फ पनि एमालेलाई दोब्बर मत प्राप्त

विष्णुलाल बुढा

डोल्पा(दुनै) — शनिबार दिउँसोबाट गन्न सुरु गरिएको समानुपातिक तर्फको मतगणनाबाट पनि अन्य राजनीतिक दलहरु भन्दा नेकपा(एमाले)ले दोब्बर मत प्राप्त गरेकेको छ ।

शनिबार दिउँसो साढे १२ बजेबाट गणना सुरु भएको समानुपातिक तर्फको मतगणना राति १ बजे सम्पन्न भएको र मतगणनाबाट प्राप्त पछिल्लो परिणाम अनुसार प्रतिनिधि सभामा नेकपा एमालेले ८ हजार २५, माओवादी केन्द्रले ४ हजार १४, नेपाली कांग्रेसले २ हजार ४३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ सय ३५ मत प्राप्त गरेका छन् । कुल खसेको मत १५ हजार ७ सय ४० मा कुल सदर मत १४ हजार ८ सय ५८  मत रहेको छ भने ८ सय ८२ मत बदर भएका थिए । 

प्रदेश सभा क र ख निर्वाचन क्षेत्रमा तर्फ नेकपा एमालेले ८ हजार २ सय ६७ मत, माओवादी केन्द्रले ३ हजार ३ सय ११ मत, नेपाली कांग्रेसले १ हजार ९ सय १४ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ सय ९१ मत प्राप्त गरेका छन् । प्रदेश सभा तर्फ १ हजार ५ सय ४ मत बदर भएका थिए ।  अन्य साना दलहरुले पनि केही मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जनाएको छ । 
   
मत गणनालाई छिटो छरितो बनाई सम्पन्न गर्नका लागि ६ ठाउँमा मतगणना गरिएको थियो । शनिवार राति अवेरसम्म मतगणना गरेर राति १ बजेतिर मतगणना सम्पन्न गरेर राति नै मत परिणाम निर्वाचन आयोग नेपालमा पठाइसकिएको मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले बताए । 

डोल्पा
समानुपातिक मतगणनाको परिणाम 

प्रतिनिधि सभा
रुख – नेपाली कांग्रेस : २०४३
सूर्य – नेकपा(एमाले) : ८०२५
गोलाकार भित्र हसिया हथौडा : ४०१४
गाई – राप्रपा : ३३५
छाता – राष्ट्रिय जनता पार्टी नेपाल : ४
गोलाकार भित्र हलो – राप्रपा प्रजातान्त्रिक : १५
हातले समातेको मसाल – संघिय समाजवादी फोरम नेपाल : ४१
हसिया तारा – माले : ६३ 

प्रकाशित : मंसिर २४, २०७४ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?