१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्याब्सन केन्द्रीय अध्यक्ष सम्बाहाम्फेलाई हराउँदै एमाले पूर्व अध्यक्ष कन्दङवा विजयी

चन्द्र कार्की

तेह्रथुम — तेह्रथुम निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा (ख) बाट वाम गठबन्धनका उमेदवार एमाले पुर्व अध्यक्ष तेजमान कन्दङवा विजयी भएका छन् । वाम गठबन्धनमा नेकपा एमालेबाट उम्मेदवार बनेका कन्दङवाले १० हजार ३ सय २ मत ल्याएर विजयी भएका हुन् ।

प्याब्सन केन्द्रीय अध्यक्ष सम्बाहाम्फेलाई हराउँदै एमाले पूर्व अध्यक्ष कन्दङवा विजयी

कन्दङवाले व्याव्सन केन्द्रीय अध्यक्ष समेत रहेका कांग्रेस उमेदवार विजय सम्बाहाम्फेलाई २ हजार २ सय २२ मत अन्तरले पराजित गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सम्बाहाम्फेले ८ हजार ४७ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा (क) मा पनि वाम गठबन्धनका उमेदवार एमाले अध्यक्ष लक्ष्मण तिवारी ११ हजार ७ सय २६ मत प्राप्त गरी विजयी भइसकेका छन् । तिवारीका निकटतम प्रतिद्वन्द्वी कांग्रेस जिल्ला सभापती गोविन्द ढुंगानाले १० हजार २ सय ६० मत प्राप्त गरेका छन् ।

त्यस्तै प्रतिनिधिसभा तर्फ वाम गठबन्धनबाट उमेदवार बनेका निवर्तमान सभासद तथा एमाले पुर्व अध्यक्ष भवानी खापुङले अग्रता लिइरहेका छन् । पछिल्लो मत परिणाम अनुसार खापुङले १७ हजार १ सय ५९ मत प्राप्त गरेका छन् । उनलाई भौतिक पुर्वाभार तथा यातायात राज्यमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य समेत रहेका उम्मेदवार सिता गुरुङले १४ हजार ६ सय १५ मतका साथ पछ्याइरहेकी छिन् ।

प्रकाशित : मंसिर २४, २०७४ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?