लडेर म्यादी प्रहरीको मृत्यु

मनोज बडू

दार्चुला — कार्यक्षेत्रमा खटिएका म्यादी प्रहरीको बुधबार लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा नौगाड–२ सुण्डमुण्डका १९ वर्षीय रविन्द्रसिंह ठगुन्ना रहेको प्रहरीले जनाएको छ ।

नौगाड–२ दल्लेख प्रहरी चौकीबाट हवल्दारको नेतृत्वमा बुधबार पनख्यातिर गस्तीका लागी हिँडेको टोलीमा रहेका ठगुन्नाको लम्पानी भन्ने ठाउँमा लडेर मृत्यु भएको नौगाड गाउँपालिका २ का अध्यक्ष नारायणसिंह ठगुन्नाले जानकारी दिए ।
घटनाबारे बुझ्न जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट सई भुवनविक्रम शाहको नेतृत्वमा टोली पठाइएको दार्चुलाका डिएसपी जनकबहादुर शाहीले बताए । घटनास्थल गएको टोलीसित सम्पर्क हुन नसके पनि शव ठगुन्नाको शव पोस्टपार्टमका लागि जिल्ला सदरमुकाम ल्याइने उनको भनाइ छ ।

प्रकाशित : मंसिर २७, २०७४ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?