कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घुस लिँदालिँदै नासु पक्राउ

लीला श्रेष्ठ

भक्तपुर — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुर मालपोतका एकजना नायव सुब्बालाई घुस लिँदालिँदै रंगेहात पक्राउ गरेको छ । मालपोतको रजिष्ट्रेसन फाँटका देवराज काफ्लेलाई १ लाख रुपैयाँ घुस सहित बिहीबार दिउँसो पक्राउ गरिएको हो ।

उनी भक्तपुरको सूर्यविनायक नगरपालिका-१ को नखेलको जग्गा पास गरिसकेपछि आफ्नै कार्यालयको अन्डरग्राउन्डमा सेवाग्राहीसँग पैसा लिँदालिँदै पक्राउ परेका हन् । थप अनुसन्धानको लागि उनलाई अख्तियारले लगेको छ ।

प्रकाशित : मंसिर २८, २०७४ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?