कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

बस दुर्घटनामा १५ जना घाइते

दमौली — तनहुँको ब्यास नगरपालिका– १२ स्थित घाँसीकुवामा आज माइक्रो बस र बस ठोक्किँदा १५ जना घाइते भएका छन् ।

पोखराबाट काठमाडौं जाँदै गरेको ग १ ख ६०६२ नं. को माइक्रो बस र विपरीत दिशाबाट आउँदै गरेको लु १ ख ८७५९ नं को बस एक आपसमा ठोक्किँदा उनीहरु घाइते भएका हुन् । घाइतेको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

माइक्रो बसले उछिन्ने क्रममा अगाडिबाट आएको बससँग ठोक्किँदा दुर्घटना भएको हो । दुबै बसका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर २९, २०७४ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?